Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ हजार ९५९ पुग्यो

नेपाल प्रहरीमा देशभर अहिलेसम्म ३ हजार ९ सय ५९ जनालाई कोरोना संक्रमण भएको छ ।

प्रहरी प्रवक्ता एसएसपीका अनुसार काठमडौंस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २८९ जना संक्रमित छन् भने काठमाडौं उपत्यकामा ७४९ जना सक्रिय संक्रमित छन् ।

३ हजार ९ सय ५९ जनालाई कोरोना संक्रमित मध्ये १९ सय २७ जना सक्रिय संक्रमित छन् । तीमध्ये २३ हजार ३२ जना डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश १ मा १७० जना सक्रिय संक्रमित छन् । प्रदेश २ मा १७४ जना, वाग्मती प्रदेशमा १३० जना, गण्डकी प्रदेशमा १५७ जना, प्रदेश ५ मा १३४ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा ७३ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति: Sep 24, 2020

प्रतिक्रिया दिनुहोस्