Logo
७ बैशाख २०८१, शुक्रबार
(September 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा आज सुनको मुल्य तोलामा १ हजार २ सयले घट्यो

नेपाली बजारमा सुनको मुल्य तोलामा १ हजार २ सयले घटेको छ ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला  ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला  ९२ हजार ६०० तोकेको छ ।

पछिल्ला केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ ।

सोमबार प्रतितोला रु ९७ हजार २०० मा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला  एक हजार ७००, बुधबार रु एक हजार २०० घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८०० कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला रु ७० ले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला  एक हजार १२० तोकिएको छ ।

प्रकाशित मिति: Sep 24, 2020

प्रतिक्रिया दिनुहोस्