Logo
७ बैशाख २०८१, शुक्रबार
(September 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिलवस्तुमा विद्युत् प्राधिकरणको जीप खोलाले बगाउँदा २ जनाको मृत्यु, एक बेपत्ता

प्रदेश नं ५ स्थित कपिलवस्तुको कोइलीखोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको एउटा जीप बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित कोइलीखोलामा आएको बाढीले जीप बगाउँदा दुईजनाको मृत्यु र एक बेपत्ताको भएका छन् ।

बुधबार अपराह्न वाणगंगा नगरपालिका-७, भलवाडमा विद्युत् बनाएर फर्किनेक्रममा बा१ञ १०८९ नम्बरको जीप बगाएको थियो ।

मोतीपुर कवजे पार गर्नेक्रममा जीप बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका उपल्लो तम्घासका प्राधिकरणका सवारीचालक माधव पाण्डे रहेका छन् । अर्का एकजनाको शव गाडीभित्र रहेको र निकाल्ने प्रयास भइरहेको बताइएको छ ।

जीपभित्र विद्युत् प्राधिकरण जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एकजना व्यक्तिसमेत थिए ।

जीपमा विद्युत्का चारजना कर्मचारी र दुईजना सर्वसाधारण चढेका थिए । दुई कर्मचारी र एक सर्वसाधारण भाग्न सफल भएका वाणगंगा नगरपालिका-७ का अध्यक्ष विष्णु गिरीले बताए ।

बेपत्ताको खोजतलास जारी रहेको रहेको सशस्त्र प्रहरी २८ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ध्रुबबहादुर कार्कीले बताए । घटनास्थलमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति: Sep 24, 2020

प्रतिक्रिया दिनुहोस्