Logo
१२ बैशाख २०८१, बुधबार
(September 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि लामो दूरीमा साझा बस चल्दै, यस्तो छ नियम र रुट

आजदेखि साझा यातायातका लामो दूरीका बस चल्दैछन् ।

आज साँझदेखि बस सेवा सुरु हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

उनका अनुसार काठमाण्डौ-पोखरा-कुस्मा-बाग्लुङ र बुटवल-भैरहवा-सुनौली रुटमा बस चल्नेछ । यसअघि साझाको लामो दूरीको बस सेवा कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न सरकारले यातायात सञ्चालनमा रोक लगाएसँगै रोकिएको थियो ।

यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई(सेवाबाट टिकट काट्न सक्ने व्यवस्था रहेको साझा यातायातले जनाएको छ ।

यस्तै सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै बेलुकी ७ बजे नयाँ बसपार्कबाट र साढे ७ बजे कलंकीबाट बस छुट्ने छ ।

प्रकाशित मिति: Sep 23, 2020

प्रतिक्रिया दिनुहोस्