Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराट शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित बृद्धको मृत्यु

प्रदेश नं १ मोरङस्थित विराट शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।

बुढीगंगा गाँउपालिकास्थित अस्पतालमा झापा भद्रपुर ८ का ८६ वर्षीय बृद्धको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रशासनका अनुसार उनको उपचारका क्रममा बुधबार बिहान ५ बजेर ५० मिनेटमा मृत्यु भएको हो। भदौ ३ गते कोरोना भाइरससँग मिल्दो लक्षणसहित उपचारका लागि आइसीयूमा भर्ना गरिएको उनले बताए।

अस्पताल आइसोलेसन प्रमुख डा. पुरु कोइरालाले बिरामीलाई आइसीयूमा राखेर उपचारका लागि प्रयास गरिहँदा सफल हुन नसकेको बताए।

सोही दिन बिरामी बृद्धको स्वाब नमूना संकलन गरी पठाउँदा ५ गते रिपोर्ट पोजिटिभ आएको थियो। बृद्धमा पहिले देखिनै महुमेहसँगै मिर्गौलाको पनि समस्या रहेको थियो

यससँगै प्रदेश १ मा हालसम्म ५७ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: Sep 23, 2020

प्रतिक्रिया दिनुहोस्