Logo
७ बैशाख २०८१, शुक्रबार
(September 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ पक्षले नेपाली भूमी अतिक्रमण गरी नौ ओटा भवन बनाएपछि प्रर्दशन

चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएपछि देशको विभिन्न स्थानमा नेपालीहरुले विरोध गरेका छन । नेपाली भूमिमा घर बनाएकाहरुलाई तत्काल हटाउन उनीहरुले माग गरेका छन ।

लुम्बिनी नागरिक समाजले लुम्बिनीमा विरोध प्रदर्शन गरेको छ । प्रहरीको हस्तक्षेपका बावजुद तिनीहरुले विरोध प्रदर्शन गरेको छ । भीड जुटीरहेको बेला प्रहरीले हस्तक्षेप गरेका थिए । जसपाका स्थानीय नेता तथा नेपाल भारत खुला सिमा संवाद समूहका रुपन्देही अध्यक्ष महेन्द्र गुप्ताको नेतृत्वमा सो प्रदर्शन गरिएको छ ।

अजाद गुप्ता, मनोज यादव, राकेश गुप्ता, घन्श्याम लोघ, बिनोध लोघ, सुरेन्द्र हरिजन, दिलिप यादव लगायतका 4 दर्जन भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो । सो क्रममा चिन विरुद्ध नारावाजी गर्दै हाम्रो भुमी खाली गर चिनिया बिस्तारवाद मुर्दाबाद,चिनियाँ दादागिरी बन्द गर लागायतका नाराहरु लगाइएको थियो ।

प्रकाशित मिति: Sep 22, 2020

प्रतिक्रिया दिनुहोस्