Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमानको साथ पाउँदा पनि हिट हुन नसकेका यी ६ बलिउड अभिनेत्री

बलिउडमा सलमान खान  ठूलो अभिनेता भनेर चिनिन्छ । बलिउडमा आज पनि सलमान् भन्ने वितिकै मानिसको मनमुटुमा बस्न सफल अमिनेता छन्

सलमानसंग काम गर्ने धेरै नायिकाहरुको सपना हुन्छ। सलमानसँग काम गरेकै भरमा स्थापित भएका नायिकाहरु पनि बलिउडमा छन्।

तर सबैको हकमा भने यो लागू हुँदैन। सलमानको साथ पाउँदा पनि केहि नायिकाहरु स्थापित हुन नसकेको उदाहरण पनि छन् ।

पहिलो चलचित्रमै सलमानको साथ पाएर पनि बलिउडमा चलन नसकेका नायिका निम्न छन् ।

नगमा (बागी, १९९० )

नगमाले सलमान खानसँग फिल्म ‘बागी’ (९१९९० ) बाट गरेकी थिइन्। फिल्म हिट भएपनि नगमाले बलिउडमा आफ्नो पहिचान बनाउन सकिनन्, उनले कुनै पनि हिट चलचित्र दिन सकिनन् ।

उनले ‘सनम बेवफा’ (१९९१ ), ‘हस्ती’ (१९९२ ), ‘किंग अंकल’ ९१९९२ ०, ‘कुंवारा’ (१९९९) सहित कैयौँ फिल्ममा काम गरिन्। उनी अन्तिमपटक २००७मा फिल्म ‘बैक टू हनीमून’ मा देखिएकी थिइन्। हाल उनी राजनीतिमा सक्रिय छिन्।

रेवती (लव, १९९१ )

रेवतीको जन्म ६ जुलाई १९६६ मा भएको थियो।मलयालम एक्ट्रेस रेवतीले बलिउड फिल्म लवबाट डेब्यू गरेकी थिइन्।

यो भन्दा पहिला उनले मलयालम फिल्ममा काम गरिसकेकी थिइन्। यो फिल्ममा उनको अपोजिट सलमान खान थिए ।

यो फिल्म हिट साबित भए पनि रेवतीले अन्य चलचित्र भने खासै पाईनन्। २०१४ मा आएको फिल्म २ स्टेटसमा उनले अलियाको आमाको भूमिका निभाएकी थिइन्।

त्यसपछि उनले २०१५ मा रिलीज भएको फिल्म गुड मर्निंग, सनसाइनमा काम गरेकी थिइन्।

चांदनी  (सनम बेवफा , १९९१)

डेब्यू फिल्म ‘सनम बेवफा’ मा चांदनीले रुखसार खानको रोल निभाएकी थिइन्। त्यसपछि हिना, जयकिशन र मिस्टर आजाद जस्ता फिल्ममा काम गरिन् तर हिनाबहेक कुनै पनि फिल्म हिट हुन सक्ने । चांदनी हाल अमेरिकामा डान्स एकेडेमी चलाउँछिन् ।

जरीन खान (वीर, २०१०)

‘वीर’ मा जरीनले प्रिंसेस यशोधराको भूमिका निभाएकी थिइन्। त्यसपछि उनले रेडी, हाउसफुल २ , हेट स्टोरी ३ जस्ता फिल्ममा काम गरिन्

स्नेहा उल्लाल  (लकी , २००५ )

डेब्यू फिल्म ‘लकी’ मा लकी नेगीको भूमिका निभाएकी स्नेहा उल्लालले २००६ मा आएको फिल्म आर्यनमा पनि काम गरेकी थिइन्। यधपी फिल्म फ्लप रह्यो। त्यसपछि स्नेहाले तेलुगु र बंगाली फिल्ममा काम गरिन्।

भूमिका चावला  (तेरे नाम, २००३ )

बलिउडमा ‘तेरे नाम’ से डेब्यू गर्ने भूमिकालर यो फिल्ममा निर्जराको रोल निभाएकी थिइन्। उनले दिल ने जिसेअपना कहा, सिलसिले र गांधी माय फादर जस्ता फिल्ममा काम गरेकी थिइन् । त्यसपछि उनले साउथ फिल्ममा काम गर्न थालिन्। एजेन्सी

 

प्रकाशित मिति: Sep 22, 2020

प्रतिक्रिया दिनुहोस्