Logo
१५ चैत्र २०८०, बिहीबार
(September 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण गर्ने

सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी नोक्सानको मूल्याङ्कन गरी पुनर्निर्माण गर्ने निर्णय  गरेको छ ।

आज मङ्गलबारको मन्त्रिपरिषद् बैठकले यी दुई जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेर नोक्सानको मूल्याङ्कन गरी पुनर्निर्माण गर्ने  निर्णय  गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

मनसुन सुरु भएको जेठ ३० गतेदेखि अहिलेसम्म प्राकृतिक विपदमा परेर देशभर अहिलेसम्म ३ सय ४० जनाको ज्यान गएको छ ।

९९ जना अझै हराइरहेका छन् । विपदमा दुई सय ९८ जना घाइते भएका छन् । प्राकृतिक विपद्का कारण सबैभन्दा धेरै सिन्धुपाल्चोक र बाग्लुङ जिल्ला प्रभावित भएका छन् ।

 

प्रकाशित मिति: Sep 22, 2020

प्रतिक्रिया दिनुहोस्