Logo
१३ बैशाख २०८१, बिहीबार
(September 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शंकास्पद बोराका कारण स्थानीयमा त्रास, तर फस्ने डरले कसैले दिइएन प्रहरीलाई खबर !

प्रदेश नम्बर १ स्थित सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एउटा बोरामा शंकास्पद बस्तु राखिको देखिएपनि फस्ने डरले स्थानीय कसैले पनि प्रहरीलाई खबर नगरेको खुलेको छ ।

एक महिना अघि सोही गाँउमा एक जना युवाको हत्या गरेर बोरामा राखि फालिएको अवस्थामा भेटिएको थियो । जुन घट्नामा स्थानीय धेरै ब्यक्तीलाई प्रहरीले पक्राउ गरेको थियो ।

सोही त्रासका कारण प्रहरीलाई खबर गर्दा फसिन्छ की भन्ने डरले कसैले पनि प्रहरीलाई खबर नगरेको बताइएको छ ।

महिना अगाडी हत्यामा संलगन भएका व्यक्तिहरुको प्रमाण भेटिएको ठाउँमा शुक्रबार अर्को शंकास्पद बस्तु भेटिएपनि गाँउभरी नै त्रास फैलिएपनि कसैले प्रहरीलाई भने खबर गर्न मानेका थिएनन् ।

गाउँपालिकाको वडा नम्बर ५ स्थित राम (चमार) बस्तीदेखी एक सय मिटर पश्चिम पलाष्टिक एउटा बोरामा शंकास्पद बस्तु बीच बाटोमै राखिएको अवस्थामा देखिएका थिए ।

शुक्रबार बिहानदेखी नै राम (चमार) बस्तीदेखी एक मिटर उत्तर भिङ्गा भन्किदै गरेको प्लाष्टिको बोरा देखिएको थियो ।

तर शनिबार बिहान स्थानी प्रहरी चौकीका एक जना प्रहरी काम बिशेषले नरसिंह गाउँ पुग्दा स्थानीयहरुको गाईगुईका अधारमा उक्त शंकास्पद बोरा फेला पारेको हो ।

तर हाँसलाग्दो केके छ भने त्यो बोरालाई ब्लेड प्रयोग गरी खल्यो तर त्यसमा मरेको बाख्रा राखिएको थियो ।

यस अघि गत साउन २९ गते भोक्राहा नरसिंह वार्ड नं. ७ का गुणराज यादवको हत्या गरी बोरामा हालेर सुनसरी खोलामा फालिएको अवस्थामा फेला परेको थियो ।

प्रकाशित मिति: Sep 20, 2020

प्रतिक्रिया दिनुहोस्