Logo
१५ चैत्र २०८०, बिहीबार
(September 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप १३२५ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ६४ हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्। आज ९६६ जना निको भएका छन्। हालसम्म ४६ हजार २३३ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घन्टामा ९५८४ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घन्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा मृतकको संख्या ४११ पुगेको छ।

प्रकाशित मिति: Sep 20, 2020

प्रतिक्रिया दिनुहोस्