Logo
१३ बैशाख २०८१, बिहीबार
(September 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : आफ्नै दाजुभाई र दिदीबहिनीसँगै जान नहुने यो शिव मन्दिर !

यो संसार प्रमेश्वरले सृष्टि गर्दा खेरिनै विविधता बनाउनु भएको छ । यो ससांर पनि कति विचित्रको छ है साँचीकै सोच्दा पनि अचम्म लाग्छ ।

हाम्रो यो विचित्रमय संसारको विकासको क्रममा विकसित भएका कला सस्कृति,परम्पराको त झन के कुरा गर्ने कतिपय अहिलेको पुस्तालाई पत्याउनै गाह्रो हुने गर्छ ।

यो संसारमा कति अन्धविश्वास परम्परा र धर्मसंस्कृतिका नाममा अझै यस संसारमा अस्तित्वमा रहेका छन् । आज हामी त्यस्तै एक मन्दिर सम्वन्धी एक रोचक लाग्दो विषय लिएर आएका छौ तपाई सामु यो घटना भारतको हो ।

भारत धार्मिक विविधता भएको देश हो । यहा धरै धर्म मान्ने मानिस बस्ने गर्छन् त्यही अनुसार समाजमा धर्म परम्परा निरमाण गरेका छन् ।

भारतको उत्तर प्रदेशको जालौन जिल्लामा कालपीको नामबाट बनेको मिनार छ, जसलाई लंका मीनार पनि भनिन्छ । यस मीनारमा रावण र उनका परिवारको पुरै सदस्यको मुर्ति राखिएको छ ।

उक्त लंका मिनार कलियुगमा निर्माण भएको थियो । मिनारको उचाई २१० फिट छ, जसलाई मथुरा प्रसादको नाम गरेको एक व्यक्तिले १ लाख ७५ रुपैयाँ खर्च गरेर बनाएका थिए ।

रावण महापण्डित भएपनि सीताको हरण गरेका थिए । मथुरा प्रसादले रामलीलामा केही वर्षसम्म रावणको भुमिका गरेका थिए । त्यसै कारण उनको आफ्नो नामसँग भन्दापनि रावणको नामसँग धेरै परिचित भए ।

मीनार एक शिव मन्दिर हो, यो बन्नुको प्रमुख कारण रावण भगवान शिवको भक्त थिए । यो मिनारको टुप्पोमा पुग्न सात फेरो लगाउनु पर्छ ।

हिन्दु धर्ममा विवाहमा सात फेरो लगाउने परम्परा चलिआएको छ । सात फेरो लगाएपछि पति पत्नी एक अर्काका मानिन्छन् ।

यस मन्दिरमा सात फेरो लगाएर माथि पुग्नुपर्ने भएकोले उक्त मीनारमा दाजुभाई दिदीबहिनीसँगै नआउन पनि आग्रह गरिएको छ ।एजेन्सी

प्रकाशित मिति: Sep 20, 2020

प्रतिक्रिया दिनुहोस्