Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देवानगन्ज पलिका स्तरिय विश्व हिन्दु परिषद गठन

प्रदेश १ स्थित सुनसरीको देवानगन्ज गाउँ पालिकामा स्थानीय ओमप्रकाश मेहताको अध्यक्षतामा विश्व हिन्दु परिषदको कार्यसमिति गठन गरिएको छ ।

पालिकाको वाड नम्बर ३ कप्तानगन्जको योग शिविर भवनमा आज विश्व हिन्दु परिषद पालिका स्तरीय समिति गठन भएको छ ।

कोरोना महामारीलाई मध्य नजर गर्दे माक्स लगाएर समाजिक दुरि कायम गर्दे विश्व हिन्दू परिषद गठन गरिएको हो ।

११ सदस्य समितिको उपाध्यक्षमा अमलेश मेहता, कोषाध्यक्ष विजयकुमार मेहता, सचिवमा चन्दन मेहता, युवा प्रमुखमा राजिव कुमार मेहता (कुशवाहा), महिला प्रमुखमा सुशिला मेहता, सत्संग प्रमुखमा महेन्द्र प्रसाद मेहता, सेवा प्रमुखमा इश्वर चन्द्र मेहता, सह सेवा प्रमुखमा विवेक गौस्वामी, गौरक्षा प्रमुखमा श्री अरुण कुमार मेहता, सह गौरक्षा प्रमुखमा श्री रघुनाथ पंडितलाई चयन गरिएको हो ।

युवा प्रमुख राजिवकुमार मेहताका अनुसार समिति गठन कार्यक्रममा स्थानीयबासी एवं एकल अभियानका तर्फबाट पूर्णकालिक कार्यकर्ता नरेश कुमार यादव र रमेश्वर यादवको पनि विशेष उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Sep 20, 2020

प्रतिक्रिया दिनुहोस्