Logo
१५ चैत्र २०८०, बिहीबार
(September 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलोपटक पेरिसडाँडामा नेकपा सचिवालय बैठक जारी

नेकपाको सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा बसेको छ ।

बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको हो । पार्टी एकतापछि पहिलोपटक सचिवालय बैठक सुरु भएको हो ।

यसअघि नेकपाका महत्वपूर्ण बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीपनि सहभागी छन् । दाहालको सचिवालयले जनाएअनुसार बैठक कक्षमा भौतिक दूरी कायम गरेर नेताहरुको आसनको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: Sep 20, 2020

प्रतिक्रिया दिनुहोस्