Logo
८ बैशाख २०८१, शनिबार
(September 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालगञ्जमा ५९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

प्रदेश नं ५ स्थित नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनीका ५९ वर्षीय पुरुषको शनिबार राती ११ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको जानकारी बाँकेका कोरोनाका फोकलपर्सनले दिए।

फोकलपर्सन श्रेष्ठका अनुसार, उनको दुवै फोक्सोमा निमोनिया देखिएको थियो। स्वास्थ्य समस्या देखिएपछि भदौ २० गते साँझ अस्पतालमा भर्ना गरिएको थियो।

त्यही राती स्वाव लिएर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो। अस्पतालले प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको जनाएको छ ।

गएराती साढे एघार बजे उनको मृत्यु भयो । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

 

प्रकाशित मिति: Sep 20, 2020

प्रतिक्रिया दिनुहोस्