Logo
१२ बैशाख २०८१, बुधबार
(September 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छैटौं संविधान दिवस : भौतिक दुरीका साथ टुँडिखेलमा विशेष समारोह (फोटोफिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसको अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहमा नेपाली सेनाबाट सलामी ग्रहण । तस्वीर : रोशन सापकोटा/रासस
संविधान दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट मन्तव्य । तस्वीर : रोशन सापकोटा/रासस

देशभर आज छैटौं संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह आयोजना गरिएको छ ।

भौतिक दुरीका साथ आज उक्त समारोहको आयोजना गरिएको हो ।

यस विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी रहेका छन् ।

हेर्नुस् फोटोफिचर :


संविधान दिवसको अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहमा सेना । तस्वीर : रोशन सापकोटा/रासस

प्रकाशित मिति: Sep 19, 2020

प्रतिक्रिया दिनुहोस्