Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रेड युनियनको निर्वाचन नहुन्जेल कर्मचारी सरुवा नगर्न मन्त्रालयको निर्देशन

संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका कारणले कुनै पनि सरुवा, काज सरुवा नगर्न सबैलाई निर्देशन गरेको छ ।

मन्त्रालयका शाखा अधिकृत युवराज अर्यालले सूचना जारी गरी यही असोज २४ गतेसम्मका लागि कर्मचारीको सरुवा र काज सरुवा नगर्न अनुरोध गरेका हुन् ।

यही असोज २४ गते हुने निर्वाचनका लागि यही असोज १ गतेदेखि निर्वाचनको आचारसहिंता लागेकाले सरुवामा रोक लगाइएको हो । सरकारले निर्वाचन गर्नका लागि निर्वाचन कार्यालयसमेत स्थापना गरिसकेको छ ।

विसं २०७३ जेठ १९ गते भएको निर्वाचनको चार वर्ष कार्यकाल सकिएपछि निर्वाचन हुन थालेको हो । युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले कोरोना भाइरस (कोभिड-१९) का कारणले निर्धारित मितिमा निर्वाचन गर्न कठिनाइ हुने बताए ।

देशभर करिब ८३ हजार निजामित कर्मचारी रहेका छन् ।

प्रकाशित मिति: Sep 18, 2020

प्रतिक्रिया दिनुहोस्