Logo
८ बैशाख २०८१, शनिबार
(September 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युरोपमा कोरानाको स्थिती निकै भयावह बन्न सक्ने डब्ल्यूएचओको चेतावनी

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक हान्स क्लूगले युरोपमा कोरानाको निकै गम्भीर स्थिती निम्तिने सक्ने धारणा व्यक्त गरेका छन् ।

निर्देशक हान्स क्लूगले पछिल्ला केही दिनदेखि युरोपमा कोरोना भाइरसको संक्रमणको आँकडा हेरेर यसमा निकै गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका हुन्।

उनले पछिल्लो दुई हप्तामा युरोपका सदस्य राष्ट्रमा कोरोनाको नयाँ संक्रमित संख्यामा दोब्बरले वृद्धि भइरहेको बताउदै निकै गम्भीर स्थिती निम्तिने सक्ने खतरा औल्याएका हुन् ।

हिजो कोपेनहेगनमा बोल्ने क्रममा क्लूगले अघिल्लो हप्ता युरोपभरी ३ लाख नयाँ संक्रमित थपिएको जानकारी पनि दिए ।

मार्च महिनामा महामारी उत्कर्षमा पुगेका बेलाभन्दा अहिले संक्रमण बढिरहेको उनले बताए ।

यो संख्या व्यापक परीक्षणको नतिजा भएपनि भाइरसको संक्रमण खतरनाक स्तरमा पुग्न लागेको बताउँदै यो आँकडालाई हामी सबैले निकै गम्भीर रुपमा लिनुपर्ने उनको भनाई छ ।

संसारभरी कोरोना संक्रमितको संख्या ३ करोड ३ लाख नाघेको छ । गत वर्ष चीनबाट सुरु भएको यो भाइरसका कारण हालसम्म ९ लाख ४२ हजार बढीको मृत्यु भएको छ ।

डब्ल्यूएचओका अनुसार महामारीको सुरुवातदेखि अहिलेसम्म युरोपमा ५० लाख संक्रमित भेटिएका छन् भने २ लाख २८ हजारको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: Sep 18, 2020

प्रतिक्रिया दिनुहोस्