Logo
१५ चैत्र २०८०, बिहीबार
(September 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः आइपुग्यो नेपालको राष्ट्रिय झण्डा अंकित रेल

बहुप्रतिक्षित भनिएको नेपाल रेल्वेको रेल आईपुगेको छ । हाल सिमापारी रहेको उक्त रेल बिहिवार साँझ जयनगर आईपुगेको हो भने शुक्रवार हस्तान्तरण गरिनेछ ।

बहुप्रतिक्षित नयाँ रेल अहिले भने सिमा पारी आफ्नै स्टेशनमा जयनगरमा राखिएको छ । उक्त रेललाई हेर्ने भारतीय र नेपालीहरुको भीडा बढेको छ । सीमाका पूर्वी भेगका नेपालीहरु अत्यन्तै हर्षित भएका छन् ।

भारतमा निर्माण सम्पन्न भएर तम्तयार अवस्थामा रहेको दुई सेट रेल भोलि जनकपुर आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रे बताए ।

शुक्रबार एक समारोहबीच जनकपुरमा भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले रेल विभागलाई हस्तान्तरण गर्ने छ ।

पहिलो चरणमा ३५ किलोमिटर रेल सेवा सञ्चालनको लागि केहिदिन अघि रेल विभागले करारमा कर्मचारी भर्ना लिन आवेदन आह्वान गरेको थियो ।

पहिलो चरणमा भारतको यनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ ।

दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको विभागले जनाएको छ ।

रेललाई स्वागतकालागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली, रेल विभागको टोली समेत जनकपुर आइपुगेका छन् ।

प्रकाशित मिति: Sep 17, 2020

प्रतिक्रिया दिनुहोस्