Logo
११ बैशाख २०८१, मंगलबार
(September 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान दिवसलाई लक्षित गरेर नेपाल टेलिकमले ल्यायो अफरै अफर

नेपाल टेलिकमले संविधाान दिवस २०७७ को अवसरमा विभिन्न प्याकेज अफरहरु ल्याएको छ।

टेलिकमले अनलिमिटेड युट्युब,अनलिमिटेड फेसबुकर एड–अन प्याक ल्याएको जानकारी दिएको छ।

असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रति प्याकेज खरिद गरी ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डेटा प्याक खर्नसक्ने छन्। यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी प्रतिदिन डेटा प्याक ८५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको छुट दिइएको कम्पनीले जानकारी दिएको छ। यो प्याक असोज २, ३ र ४ गते ५५५ रुपैयाँमा खरिद गर्न सकिने छ।

यी अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिनेछ । नेपाल टेलिकम एपबाट समेत यी प्याकहरु खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित मिति: Sep 17, 2020

प्रतिक्रिया दिनुहोस्