Logo
१५ चैत्र २०८०, बिहीबार
(September 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मालपोत कार्यालयका कर्मचारीको लार्पावाही र ढिलासुस्तीले सेवाग्राहीलाई सास्ती

प्रदेश नं १ स्थित सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत कार्यालयमा कर्मचारीहरुको लार्पावाहीका कारण सेवाग्राहीहरुले सास्ती व्यहोर्नु परेको सर्वसाधरणले गुनासो गरेका छन् ।

इनरुवा ३ स्थित रहेको मालपोत कार्यालयमा जग्गा सम्बन्धी विविध काम लिएर सर्बसाधारणहरु आउँछन् तर त्यहाँका कर्मचारीको लार्पावाही र ढिलासुस्तीका कारणले सेवाग्राहीहरुले सास्ती व्यहोर्नु परेको छ ।

लकडाउन हुनुभन्दा अगाडी उल्लेख्य गतिमा सल्बलाउने मालपोत वरपर रहेका लेखापढी व्यवसायी पनि आजभोलि खासै व्यस्त देखिन्नन् ।

कर्मचारीलाई निश्चिय कार्य सम्पादनका लागी नियुक्त गरिन्छ तर मालपोतका कर्मचारीहरुको मनोमानी ढङ्ग देख्दा यस्तो लाग्छ कि यहाँ काम गर्न जतिखेर आए पनि हुन्छ ।

मालपोतमा फाँट मात्र देखिन्छ तर फाँटवाला कर्मचारी देखिन्नन् । मालपोत्त कार्यालय सुनसरीका कर्मचारी समयमा कार्यालय नआउने, आएका कर्मचारी समेत बिभिन्न चिया पसलमा बसेर गफ गर्न व्यस्त हुने र सेवाग्राहीको एक दिनमा हुने काममा समेत ३-४ दिन सम्म लागउने गरेको सेवाग्राहीको आरोप रहेको छ ।

मालपोत कार्यालय सुनसरीमा आएका कर्मचारी पनि सेवाग्राहीका काममा व्यस्त हुनुको साटो कार्यस्थलभित्र एकदम होहल्ला गरीरहेका हुन्छन् ,किनकि कागज पत्रको व्यवस्थापन भद्रगोल छ ।

इनरुवा निवासी ५८ वर्षीय एक सेवाग्राहीले तीन कठ्ठा जग्गा विक्रीको प्रक्रिया अगाडि बढाउन आएको २ दिन भयो तर आज सम्म पनि जग्गा बिक्रीको काम पुरा भएको छैन ।

उनले गुनासो पोख्दै भने ‘यहाँ एकदमै ढिलासुस्ती हुन्छ, सानो कामको लागी पनि घरको काम माया मारेर दिनका दिन धाउनु पर्ने ।’ यो एक जना सेवाग्राही उदाहरण मात्र हुन् ।

यहाँ कर्मचारीको सानो सानो कुरामा पनि एक फाँटदेखि अर्को फाँटमा घुमिरहेका सेवाग्राहीहरु प्रशस्तै भेटिन्छन् ।

यस्तै मालपोत वरपर भएका लेखापढी व्यवसायीहरुले सेवाग्राही लवाई खवाईको आधारमा कामको पैसा लिने गर्छन् ।

हरेक लेखापढी गर्ने व्यवसायी पिच्छे एउटै काम गरेको रेट फरक फरक छ । मालपोतमा सर्वसाधारण आफैले मात्र सबै काम बुझेर गर्न सक्दैनन् किन कि मालपोतका कर्मचारीलाई समस्या लिएर आउने जनतासँग साक्षात्कार गर्ने फुर्सद नै नभएको जस्तो देखिन्छन् ।

त्यसैले हरेक सेवाग्राहीले एक जना लेखापढी व्यवसायीलाई हात फैलाउनै पर्ने हुन्छ ।लेखापढी व्यवसायीहरु फाँटमा आफै रेकर्ड फाईल पल्टाउँछन् आफै छाप लाउँछन् तर ग्रामिण भेगबाट आएका सर्वसाधारणलाई त्यो काम असम्भव जत्तिकै हुन्छ ।

‘सर्वसाधारणले मागेको जानकारी त परै जाओस मालपोतका कर्मचारीहरु नमस्कार समेत फर्काउँदैनन् ’ एक सेवाग्राहीले गुनासो पोख्दै भने ।

व्यवस्थापन फितलो भएको कारण शौचालयमा समेत सरससफाई नभई दुर्गन्धीत वातावरण बनेको मालोपोत्त कार्यालय सुनसरी ।

यस्तै बेतिथिमा चलिरहेको मालपोत कार्यालय सुनसरीको अवस्था कहिले सुध्रिएला त ? यहाँका सर्वसाधरणले जिल्ला मालपोत्त कार्यालय सुनसरीमा कार्यालय प्रमुख षडकुमार पोखरेलको आगमनपछी सुध्रिएला भन्ने अपेक्षा गरेको सपना सपनामै सिमित रहने अवस्था देखिएको छ ।

प्रकाशित मिति: Sep 17, 2020

प्रतिक्रिया दिनुहोस्