Logo
८ बैशाख २०८१, शनिबार
(September 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्वारा ३ सचिवको सरुवा, नयाँ एकको पदस्थापन

सरकारले ३ सचिवको सरुवा र पदस्थापना हुन बाँकी सचिवसहित चार जनाको सरुवा तथा पदस्थापन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि सुधार मन्त्रालयबाट सरुवा गरी अतिरिक्तमा राखेका एक, बढुवापछि पदस्थापन हुन बाँकी एक र अन्य दुई सचिवको सरुवा गरी चार जनाको सरुवा तथा पदस्थापन गरेको हो ।

केही समय अघि मात्रै बढुवा भएका मधु मरासिनी महालेखा नियन्त्रकको कार्यालय, अनामनगरमा पदस्थापन गरिएका छन् भने महालेखा नियन्त्रक कार्यालयका सचिव गोपीनाथ मैनालीलाई युवा तथा खेलकुद कार्यालयमा सरुवा गरिएको छ ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा राखिएका सचिव केदार न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै पदस्थापन गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले प्रशासनलाई बतायो ।

प्रकाशित मिति: Sep 17, 2020

प्रतिक्रिया दिनुहोस्