Logo
१२ बैशाख २०८१, बुधबार
(September 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल टेलिकमको 4G इन्टरनेट सेवा विस्तार

नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा फोर जी इन्टरनेट सेवा विस्तार गरेको छ ।

यो प्रदेशका नौ वटै जिल्लामा २१७ वटा टावरमार्फत फोर जी इन्टरनेट सेवा विस्तार गरिएको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ ।

“प्रदेशभर फोर जी सेवाको पहुँच पु¥याउन ३८४ टावर निर्माण गरी विस्तार गर्ने योजना छ”, सो कार्यालयका निर्देशक नामाकर न्यौपानेले भने , “कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण गत चैतदेखि निर्माण कार्य बन्द भएकाले टावर विस्तारमा केही ढिलाइ भएको छ ।”

टावर निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएकाले लकडाउन र निषेधाज्ञाका कारण कम्पनीका प्राविधिक आउन नसक्दा टावर निर्माण कार्य प्रभावित भएको उनको भनाइ छ ।

बाँकी टावरको निर्माण यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको पनि उनले बताए । निर्देशक न्यौपानेका अनुसार गत वर्ष सुदूरपश्चिम प्रदेशका धनगढी, चटकपुर, चौमाला, टीकापुर, मसुरिया, लम्की, सुखड, पच्चीसघर, बुढीतोला, अत्तरिया, झलारी र महेन्द्रनगर गरी १२ ठाउँमा फोर जी इन्टरनेट सेवा शुरू गरिएको थियो ।

हाल टेलिकमको फोर जी सेवा कैलाली कञ्चनपुरसहित पहाडी जिल्लाका बजार क्षेत्रमा विस्तार भएको जनाइएको छ ।

प्रकाशित मिति: Sep 16, 2020

प्रतिक्रिया दिनुहोस्