Logo
७ बैशाख २०८१, शुक्रबार
(September 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ जनाको मुठ्ठिमा पुग्यो जसपा : केन्द्रिय समिति गठनमा बढयो विवाद

जनता समाजवादी पार्टी भित्र केन्द्रीय समिति गठनमा विवाद भइरहेको खबर छ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएको पाँच महिना पुगे पनि विवादकै कारण केन्द्रीय समिति गठन हुन सकेको छैन् ।

जसपामा अहिले भने अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव र वरिष्ठ नेतात्रयमा अशोक राई, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो रहेका छन् । भने अध्यक्षमण्डलको सिस्टम हटेर यतिबेला पुरै पार्टी यहि ५ जनाको मुठ्ठिमा पुगेको चर्चापरिचर्चा सुरु भएको छ ।

यहि ५ जना पदाधिकारी रहने गरी सचिवालय बनाईएको र आवश्यक गृहकार्य गरेर जिम्मेवारी बाँडफाँड, पदाधिकारी चयन तथा नेताहरुको वरियता टुंगो लगाउँन अधिकार दिएको हो यसै समुहद्वारा हुँदै आएको छ ।

जसपा बिधानमा सात सय एक सदस्यीय केन्द्रीय समिति बनाउँने उल्लेख गरिएको छ । जसमा समाजवादीको तर्फबाट तीन सय ५० र राजपाबाट तीन सय ५० सदस्य रहने सहमती दुई पार्टीका बीचमा भएको छ ।

तत्कालिन राजपा नेपालको तर्फबाट केन्द्रीय सदस्य चयन गर्नका लागि अध्यक्ष मण्डलमा रहेका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र राजकिशोर यादवको बैठक पटक पटक बसेपनि कुनै सहमती भने हुनसकेको छैन ।

जसपा स्रोतका अनुसार ठाकुर र महतोले आफूसंग एक सय आठ राखेर महेन्द्र र भण्डारीलाई ४०/४०, राजकिशोर र अनिललाई २७/२७ सदस्य दिने गरी भागबण्डा गर्ने प्रस्ताव गरिएको छ । यो प्रस्तावमा महेन्द्र, राजकिशोर र अनिलको असहमती छ ।

महेन्द्र, राजकिशोर र अनिलले ठाकुर र महतोको कोटाबाट घटाएर अन्य चार नेताको कोटा बढाउँनुपर्ने प्रस्ताव गरेका छन् । ठाकुर र महतोको कोटाबाट घटाएर महेन्द्र र भण्डारीलाई ५२/५२, अनिल र राजकिशोरलाई ३८/३८ हुनुपर्ने प्रस्ताव असन्तुष्ट समुहले राखेका छन् ।

छलफलमा अनिल र भण्डारी सहभागि भएनन् । जसपा नेतृ एवं पत्नी डिम्पल झाको उपचारका लागि अनिल नयाँ दिल्लीमा छन् । यस्तै भण्डारी बिरामी भएकाले घरमै आराम गरिरहेका छन् ।

भण्डारीले दुई मध्ये जुन प्रस्तावमा सहमती भए आफू त्यसैमा सन्तुष्ट रहेको बताउँदै आएका छन् । ठाकुर र महतोले आफूहरुको तत्कालिनन पार्टीको संगठन गाउँ गाउँ सम्म रहेकाले सोही अनुसार सदस्य संख्या अरु भन्दा बढी नै हुुनुपर्ने अडानमा छन् ।

दुई पार्टी एकीकरण पश्चात बनेको जसपा कार्यकारिणी समितिमा समेत ठाकुर र महतोले मनोमानी गरेको आरोप महेन्द्र, अनिल, राजकिशोरले लगाउँदै आएका छन् ।

जसपा अध्यक्ष समेत रहेका ठाकुर र वरिष्ठ नेता महतोले पुर्व सहमती अनुसार सदस्य संख्या आफूहरुका लागि नछुटयाएको आरोप लगाउँदै छुटै नामावली तयार गर्ने असन्तुष्ट नेताहरुले जनाएका छन् ।

तत्कालिन राजपाको केन्द्रीय सदस्य आठ सय ६१ थियो । तर अहिले उसले तीन सय ५० केन्द्रीय सदस्य छान्नुपर्ने भएकाले नेतृत्वलाई मिलाउँन सकस भएको छ ।

समाजवादीको केन्द्रीय सदस्य चार सय ३१ रहेको थियो । केही निष्कृय तथा केही दोहोरो जिम्मेवारीमा रहेकाले उसलाई केन्द्रीय सदस्य छान्न सजिलो छ ।

साउन अन्तिम साता सम्पन्न भएको जसपा कार्यकारिणी समितिको बैठकले जिम्मेवारी बाँडफाँड, पदाधिकारी चयन र नेताहरुको मर्यादाक्रम टुंगो लगाउँन पाँच सदस्यीय पदाधिकारीलाई सचिवालय निर्माण गर्दै जिम्मेवारी दिएको थियो ।

 

प्रकाशित मिति: Sep 16, 2020

प्रतिक्रिया दिनुहोस्