Logo
१२ बैशाख २०८१, बुधबार
(September 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिनाथ मन्दिर खुला गरिदै, परिसरमा डोजर लगाइने

संघीय राजधानी काठमाण्डौ स्थित पशुपतिनाथ मन्दिर खोलिने भएको छ । एक पटकमा २० देखि ३० जनालाई प्रवेश गर्न दिइने गरी खोलिन लागिएको हो ।

सामाजिक दूरी कायम गरेर दर्शन गर्न दिइने पशुपति विकास कोषका निर्देशक डा.घनश्याम खतिवडाले बताए। विभिन्‍न निकाय र दर्शनार्थीले पनि मन्दिर खुलाउन आग्रह गरिरहेको उनले जानकारी दिए।

धार्मिकस्थल संवेदनशील क्षेत्र भएकोले यस ठाउँमा स्वास्थ्य अनुशासन कायम गरिने उनले बताए। मन्दिर खुलाउन सरकारी निर्देशन कुर्दै सरकारले मठ मन्दिर खुलाउन निर्देशन नदिएकाले तत्काल नखोलिने खतिवडाले बताए।

सबैलाई मास्कको प्रयोग अनिवार्य गरिने बताइएको छ। उनका अनुसार निर्देशन आएमा मन्दिर तत्कालै खुला गरेर भक्तजनलाई दर्शनका लागि सहजीकरण गरिनेछ।

सरकारले खोल्न निर्देशन दिए पनि दुई दिनको समय लिएर मात्र मन्दिर प्रवेश गराइने उनले जानकारी दिए। यसैबीच विकास कोषले अव्यवस्थित रुपमा सञ्चालित फूल र पूजाको सामग्री पसलमा डोजर लगाएर हटाउने भएको छ।

पटक पटक सार्वजनिक सूचना दिँदा पनि पशुपति क्षेत्रमा अनाधिकृत रुपमा सञ्चालित पसल हटाउन अनुरोध गर्दा नहटेपछि लकडाउन खुलेपछि हटाउन लागिएको हो।

वन काली, भकुण्डोल, मृगस्थली, कैलाश डाँडा, गुह्येश्वरीलगायत क्षेत्रमा राखिएका पसलले मन्दिरको सौन्दर्य घटाएको र दर्शनार्थीलाई दुःख दिएको गुनासो आएपछि सुरक्षित स्थानमा व्यवस्थापन गर्न लागेको हो।

कोषले सञ्चालनमा रहेका पसललाई नयाँ टहरामा व्यवस्थापन गर्ने भएको छ। हाल मन्दिर परिसरमा १ सय ६४ वटा पसल सञ्चालित छन्।

१ सय २८ वटा पसललाई व्यवस्थापन गरिने भएको छ। स्थानीय र पुरानो पसलहरूले सम्झौता गरि बसेकालाई पहिलो प्राथमिकतामा राखी प्रक्रिया अगाडि बढाइएको छ।

पुराना पसलेले विकास कोषलाई बुझाउन बाँकी रहेको पैसा चुक्ता गरिरहेको विकास कोषका निर्देशक डा.घनश्याम खतिवडाले बताए।विधिवत रुपमा प्रक्रिया पुर्‍याएका पसललाई मात्र बस्ने दिने उनले जानकारी दिए।

पुरानो पसलले महिनाको पाँच सय बुझाउने गरेका थिए। नयाँ भवनमा बसेको मासिक पाँच हजार तिर्नुपर्ने विकास कोषले तोकेको छ।पशुपति क्षेत्रको जग्गामा अनाधिकृत रुपमा बसोबास गर्ने कसैलाई अधिकार नभएको उनको भनाइ छ।

प्रकाशित मिति: Sep 16, 2020

प्रतिक्रिया दिनुहोस्