Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाइ श्रमिकहरुमाथी प्रहरी हस्तक्षेप, कीर्तिपुर घट्नाको विरोधमा आन्दोलन गरिरहेकाहरु लखेटिए

तस्विर : देशसञ्चार

आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका नाइहरुमाथि काठमाण्डौमा बुधवार प्रहरीले बल प्रयोग गरेको छ ।

राहत माग गर्दै स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर सैलुन पार्लर आदि आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

नाइ संघको अगुवाई माइतीघरमा प्रदर्शनमा उत्रिएका नाइ श्रमिकहरुको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । पानीको फोहोरा प्रहार गरी प्रहरीले नाइ श्रमिकलाई तितरवितर पारेको हो ।

नाइ श्रमिक संयुक्त संघर्ष समितिका अध्यक्ष बब्लु ठाकुरले आफूहरुले शान्तिपूर्ण प्रदर्शन गर्दा पनि ज्यादती गरिएको भन्दै विरोध गरे ।

कोरोना भाइरसको महामारीका कारण लागु भएको लकडाउन तथा निषेधाज्ञाका कारण काम बन्द हुँदा आफूहरुको रोजीरोटी नै खोसिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

माइतीघरमा नाइहरुसँगै बुधबार कीर्तिपुरमा घरबेटीको आक्रमणका कारण ज्यान गुमाएका शम्भु ठाकुरको न्यायको पक्षमा पनि धर्ना हुँदै थियो । सो धर्नाका लागि गएकाहरुलाई पनि प्रहरीले प्रदर्शन तथा धर्ना गर्न नपाइने भनि लखेटिएको छ ।

प्रकाशित मिति: Sep 16, 2020

प्रतिक्रिया दिनुहोस्