Logo
१३ आश्विन २०७७, मंगलबार
(September 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोभिड-१९ को रोकथाममा सघाउन राष्ट्रसंघका महासचिवद्धारा विश्व समुदायलाई आग्रह

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड-१९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पुर्‍याउन विश्व समुदायलाई आग्रह गरे ।

महासचिव गुटर्रेसले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई पनि सबैले सहयोग गर्नुपर्ने बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै महासचिव गुटर्रेसले उक्त संगठनलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आएका छन् ।

मंगलबार उनले एक सञ्चारमाध्यमको अन्तर्वार्तामा कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको अवस्थामा डब्ल्यूएचओको भूमिका निकै महत्वपूर्ण हुने पनि बताए ।

विश्व अहिले महामारीमा रहेको अवस्थामा संयुक्त राष्ट्रसंघले यसका सबै निकायहरुमार्फत यो महामारीको रोकथाम र नियन्त्रणका लागि काम गरिहेको र डब्लुएचओले पनि यसमा काम गरिरहेको बताए ।

विश्व स्वास्थ्य संगठन र अरु निकायहरुले पनि यस महामारीका विरुद्धमा जारी राखेका प्रयासमा सघाउ पुर्‍याउनु विश्व समुदायको दायित्व भएको पनि उनको भनाइ छ ।

कुनै पनि महामारी कसरी उत्पन्न भयो र त्यसको सामना कसरी गर्ने भन्ने विषयमा अनुसन्धान गर्न समय लाग्ने भन्दै गुटर्रेसले संयुक्त राष्ट्रीय प्रणाली पनि त्यसमा कार्यरत रहेको बताए ।

उनले अहिले महामारी रोक्न अन्तर्राष्ट्रिय समुदायको बीचमा एकता जरुरी रहेको भन्दै उनले सहयोगका लागि यो अपिल गरेका हुन् ।

 

 

प्रकाशित मिति: Sep 16, 2020

प्रतिक्रिया दिनुहोस्