Logo
८ बैशाख २०८१, शनिबार
(September 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा प्याजको मुल्यमा कालोबजारी, Kg को १३० रुपैयाँ पुग्यो

भारतले प्याज निर्यात बन्द गरेपछि बजारमा प्याजको मुल्यमा नेपाली व्यापारीले आफूखुसी मूल्य लिन थालेका छन् ।

सोमबारमात्र भारतले प्याज निर्यातमा प्रतिबन्ध घोषणा गरेको थियो ।उक्त घोषणको २४ घण्टा नहुदै कालीमाटी तरकारी बजारमा प्याजको भाउमा शतप्रतिशतभन्दा बढीले मूल्य बढाइएको उपभोक्ताले गुनासो गरेका छन् ।

मंगलबार बिहान प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा प्याज बिक्री भएकोमा बुधबार बिहान १३० रुपैयाँ पुर्‍याइएको छ ।

प्याजको मूल्यमा व्यापारीको मनोमानी सुरु भएको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले पनि स्वीकार गरेको छ ।

सोमबार बजारमा ३५ टन प्याज आए पनि मंगलबार प्याज नभित्रिएको व्यापारीले बताए । बिगतको प्याजको आयात हेर्दा नेपाली बजार प्याजका लागि भारतमै निर्भर देखिएको  व्यापारीको भनाइ छ ।

दुई महिनामा ३४ सय टन प्याज बजार भित्रिदा जम्मा तीन टन मात्रै नेपाली प्याज आएको उनको भनाइ थियो ।

भारतले प्याज निर्यात रोकेपछि नेपाली बजारमा प्याज पाइन छोडेको कालीमाटीका व्यापारीहरुको तर्क छ । भारतबाट आउन छोडेपछि बजारमा प्याजको अभाव भएको कालीमाटीका आलु–प्याज व्यापारीको दाबी छ ।

भन्सारमा भारतले रोकेपछि लोड गाडी पनि नेपाल आउन नपाएको व्यापारीको भनाइ छ । नेपाली प्याज बजारमा नभएको र भारतकै भर पर्दा समस्या परेको सुनाए ।

दुई महिनाअघि धेरै प्याज भित्रिदा १८ रुपैयाँ किलोमा पनि बिक्री गर्न नसकिएको प्याज अहिले चरम अभाव भएको व्यापारीको भनाइ छ ।

केही व्यापारीले बढी मूल्यमा प्याज बिक्री गर्न थालेको गुनासो आएपछि बजार अनुमगन थालिएको बजार विकास समितिका उपनिर्देशकले बताए

‘यता वाणिज्य विभागले भने प्याजको मूल्य बृद्धिबारे बजार अनुगमन सुरु भएको जनाएको छ । मंगलबारदेखि नै ‘अप्रेसन प्याज अभियान’ चलाएको विभागले जनाएको छ ।

मंगलबार नै कालीमाटीका ६ वटा पसलमा अनुगमन गरिएको वाणिज्य विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए ।

‘प्याजको मूल्य वृद्धिविरुद्ध गुनासो आएपछि आज अनुमगन गरेका छौँ, ६ वटा पसललाई पूर्जी काटिएको छ,’ निर्देशक आचार्यले भने ।

प्रकाशित मिति: Sep 16, 2020

प्रतिक्रिया दिनुहोस्