Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैज्ञानिकले पत्ता लगाए कोरोना भाइरसको असर कम गर्न सक्ने सबैभन्दा सानो एन्टिबडी

अमेरीकामा वैज्ञानिकले कोरोना भाइरसको असर कम गर्न अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएको दाबी गरेका छन् ।

उनीहरुले अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुका अनुसार यो एन्टिबडी अरु एन्टिबडीको तुलनामा दश गुणा सानो आकारको छ । यो एन्टिबडी एबी ८ नामक औषधि बनाउनका लागि प्रयोग गरिने जनाइएको छ ।

यो औषधिले शरिरको प्रतिरोधात्मक क्षमताको समेत विकास गर्ने खबरमा उल्लेख छ । औषधिको प्रयोगले कोरोना लागेकालाई निको बनाउन भन्दा पनि कोरोना सङ्क्रमण रोक्न प्रभावकारी भूमिका खेल्ने वैज्ञानिकको भनाई छ ।

ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले आफ्नो परीक्षणमा एबी ८ को औषधि प्रयोग गरेको र यो औषधिले कोरोना भाइरसको रोकथाममा प्रभावकारी भूमिका खेलेको पाइएको खबरमा उल्लेख छ ।

पछिल्लो समय अमेरीका, भारत, ब्राजिल लगायतका देशमा सङ्क्रमण तीब्र रुपमा बढ्दै गएको छ । कोरोना भाइरस विरुद्वको खोप निर्माणका लागि विभिन्न देश तथा कम्पनी लागिपरेका छन् ।

प्रकाशित मिति: Sep 16, 2020

प्रतिक्रिया दिनुहोस्