Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : लागुऔषध माफियालाई हत्या गरे सरकारले इनाम दिने यस्तो देश !

google picture

हरेक देशको आ-आफ्नो नीतिनियम हुने गर्दछ । कति नीतिनियम हामीलाई सुन्दा पनि अच्चम लाग्ने गर्छ यस्तो पनि हुन्छ र जस्तो पनि लाग्छ तर सत्य घटना त्यस्तै भइरहेको हुन्छ ।

आज हामी तपाईलाई यस्तो नियमको बारेमा जानकारी दिन्छौ जुन सुनेपछि आश्र्चाय लाग्न सक्छ । यो नियम हो फिलीपिन्सको जुन लागुऔषध ओसारओपसार सम्वन्धी रहेको छ ।

फिलिपिन्स यस्तो एकमात्र देशको रुपमा परिचित भएको थियो, जहाँ मानिस मारेपछि सजाय होइन इनाम दिन्छ ।

फिलीपिन्समा रोड्रिगो दुतरले राष्ट्रपति बन्ने क्रममा लागुऔषध अपराधीलाई फरक -फरक कानुन बन्ने बाचा गरेका थिए ।

त्यही एजेन्डाले उनी राष्ट्रपति निर्वाचित पनि भए । उनी राष्ट्रपति भएपछि प्रहरीदेखि सर्वसाधारण जनातालाई समेत लागुऔषध माफियालाई हत्या गर्न छुट दिए ।

रोड्रिगोका राष्ट्रपति बनेको ४ महिनाको समयमा पुरै देशभर ३५ सय भन्दा धेरै लागुऔषध व्यवसायमा जोडीएका मानिसहरुको हत्या गरेका थिए । लागुऔषध व्यवसायीको शव गल्ली गल्लीमा छरिएका थिए ।

लागुऔषध कारोवारी जहाँ देखिन्छ त्यहि सिधै गोली हान्ने आदेश दिएका थिए । फिलिपिन्सबाट लागुऔषधको अन्त्य गर्ने जनतासामु वाचा गरेकोले उनले त्यस्तो कठोर कदम उठाएका हुन् ।

उनको यस्तो कदमको मानव अधिकार कर्मीले बिरोध गरेका थिए ।एक रिर्पोटका अनुसार लागुऔषध माफियाको हत्या गर्ने मानिसलाई १ सय डलर वा ७ हजार रुपैयाँ दिएको थियो ।

मर्ने डरले ७० हजार भन्दा धेरै लागुऔधष व्यवसायीले प्रहरी समक्ष आत्म समर्पण गरेका थिए । एजेन्सी

प्रकाशित मिति: Sep 15, 2020

प्रतिक्रिया दिनुहोस्