Logo
४ बैशाख २०८१, मंगलबार
(September 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चट्याङ लागेर देवानगञ्जकी १२ वर्षिया वालिकाको मृत्यु, पालिका अध्यक्षद्वारा समवेदना ब्यक्त

प्रदेश १ स्थित सुनसरीको देवानगञ्ज गाउँपालिकाकी एक १२ वर्षिया वालिकाको चट्याङ लागेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय देवानगञ्जका अनुसार वडा नम्बर ६ का रन्जित पासवानकी छोरी शुष्मा पासवानको चट्याङले गर्दा मृत्यु भएको हो ।

उक्त क्षेत्रमा मंगलवार बिहानेदेखि मुस्लधारे वर्षा भइरहेको छ । बिहान ९ बजे माछा मार्न गएकी बेला  चट्याङ लागेर बेहोस भएपछि उपचारको लागि देवानगंज बाजर ल्यउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।

पालिका अध्यक्ष लालीप्रसाद मेहताले शोकाकुल परिवारप्रति समवेदना ब्यक्त गरेका छन् । यसअघि १० दिन पहिला देवानञ्ज २ का एक ३० वर्षिय यूवाको मृत्यू भएको थियो ।

प्रकाशित मिति: Sep 15, 2020

प्रतिक्रिया दिनुहोस्