Logo
१२ बैशाख २०८१, बुधबार
(September 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रालयहरुमा मन्त्री नहुँदा फाईल बोकेर बालुवाटार धाँउदै सचिवहरु, ५ मिनेटको काममा ५ घण्टा

संघीय सरकार अन्तरगतका बिभिन्न मन्त्रालयहरुमा मन्त्री नहुँदा फाईल बोकेर बिभिन्न सचिवहरुले बालुवाटार धाँउदै आएका छन् ।

अर्थसचिब शिशिरकुमार ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, सञ्चार सचिव हरिप्रसाद बस्याल र केहि सचिवहरुले प्रधानमन्त्री निवास बालुवाटार धाउँदै आएको हो ।

डा. युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अहिले सो अर्थ मन्त्रालय र सञ्चार मन्त्रालय खाली रहेको छ । उनको राजिनामा सँगै राष्ट्रपति विद्यादेबी भण्डारीले अर्थ र सञ्चार मन्त्रीको समेत कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्ने गरी जिम्मेवार तोकेकी थिइन ।

सरकारले नयाँ अर्थमन्त्री नियुक्त नगरेकाले सो मन्त्रालयबाट हुने कामकारबाहीमा समेत असर पुगेको छ । अहिले सचिवहरु फाईल बोकेर बालुवाटारको गोलचक्करमा परेका छन् ।

नयाँ अर्थमन्त्री चयन बेलैमा नगर्दा अर्थमन्त्रालय दबाबमा परेको छ । दैनिक ठूला रकम निकासा गर्नुपर्ने दायित्व समेत अहिले अबरुद्ध हुन पुगेको छ । भने विभिन्न आयामहरुका बारेमा समेत अध्ययन अनुसन्धान गर्नुपर्ने काम समेत हुन सकेको छैन ।

कोभिड-१९ नियन्त्रणका लागि लगाइएको लकडाउन र निषेधाज्ञाका कारण स्रोतमा पनि ठूलो दबाब छ । त्यसैले अहिले अर्थमन्त्रीको भूमिका अझै प्रभावकारी हुनुपर्नेमा त्यो भएको छैन ।

डा. युवराज खतिवडाले राजीनामा दिएपछि अर्थमन्त्रालयको दैनिकीमा पहिलो प्रथमिकता मन्त्रालयबाट सचिबले फाईल बोकेर प्रधानमन्त्री केपी ओली निवास बालुबाटार पुग्नु पर्ने कार्यक्रम रहेको छ ।

अर्थबाट हुने दैनिक काम कारवाहीको ‘ब्रिफिङ’ अर्थसचिब शिशिरकुमार ढुंगानाले प्रधानमन्त्री ओलीलाई गर्दै आएका छन् । नीतिगत निर्णयका लागि अर्थसचिव ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी र सहसचिवहरु फाइल बोकेर बालुवाटार नै गएर सदर गराउँ आएका छन् ।

सचिव ढुंगाना दैनिक बालुवाटार जाने गरेका छन् । अर्थमन्त्रीको अभावमा कोभिडबाट प्रभावित उद्योग व्यवसायका लागि ल्याइएको ५० अर्बको कोषको कार्यविधिको टुंगो सोही कारण लाग्न सकेको छैन ।

बजेटमा विनियोजित पुँजीगत खर्च बढाउन आवश्यक रणनीति बनाउने लगायतका छलफल पनि अगाडि बढ्न सकेको छैन ।

यस्तो संकटपूर्ण समयमा यसरी नै राखिरहनु अर्थतन्त्रको विकासमा आत्मघाती समेत हुनसक्ने अनुमान अर्थविद्हरुको रहेको छ ।

यसैगरी, खतिवडाले सम्हाल्दै आएको सूचना तथा सञ्चारमन्त्रालयको समेत जिम्मेवारी प्रधानमन्त्री ओलीले नै सम्हालेका कारण सो मन्त्रालयको काम कारबाही पनि उही बालुबाटारमा गएर जानकारी गराउदैमा वित्दै गएको छ ।

सञ्चार सचिव हरिप्रसाद बस्याल मन्त्रालयको फाइल बोकेर बालुवाटार धाउनुको विकल्प छैन । सचिब बस्याल दैनिक गर्नुपर्ने निर्णय र फाइल बोकेर बालुवाटार नै जाने कार्यतालिका पहिलो प्राथमिकतामा रहेको छ ।

प्रकाशित मिति: Sep 14, 2020

प्रतिक्रिया दिनुहोस्