Logo
१३ बैशाख २०८१, बिहीबार
(September 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आँखाको ज्योती तेजिलो बनाउने यि ८ खानेकुरा

आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार

आउने अध्ययनले देखाएको छ । त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस :

जिरा

जिरा र मिस्री बराबर मात्रामा लिएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग दिनहुँ  खाने ।

हरियो तरकारी

हरियो सागसब्जीमा पाइने भिटामिन लगायतका पोषकतत्वले आँखाको ज्योती राम्रो बनाउन सहयोग गर्छ ।

अमला

अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ ।

सुकुमेल

तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहुँ पिउने ।

सुप

एक चम्चा सुप, दुईवटा हाडेबदाम र आधा चम्चा मिस्रीलाई राम्रोसँग पिसेर राति सुत्नुअघि एक ग्लास दूधसँग पिउने गर्नुपर्छ ।

ग्रिन टी

दिनमा दुईतीन कप ग्रिन टी पिउनाले यसमा भएको एन्टिअक्सिडेन्टले आँखा तेजिलो बनाउँछ ।

तोरीको तेल

राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहुँ मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ ।

हाडेबादाम

राति छसातवटा हाडेबदाम पानीमा भिजाउने र बिहान खाने गर्नाले आँखाको पावर ठीक हुँदै जान्छ । (स्वास्थ्य पत्रिका)

प्रकाशित मिति: Sep 14, 2020

प्रतिक्रिया दिनुहोस्