Logo
७ बैशाख २०८१, शुक्रबार
(September 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सयले बढ्यो

नेपाली बजारमा आज सुनको मुल्य तोलामा चार सयले बढेको छ ।

बजारमा आज छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार ९६ हजार पाँच सय रुपैयाँमा छापावाला सुनको कारोबार भएको थियो ।तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले बढेर ९६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार तेजाबी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ थियो ।चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: Sep 14, 2020

प्रतिक्रिया दिनुहोस्