Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ मा आइतबार थपिए ४६ जना संक्रमित, डिस्चार्ज हुनेको संख्या २ हजार ६३

प्रदेश १ स्थित आइतबार ४६ जना संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज आईतबार मात्र ३८ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ५ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म १ लाख ७ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

१८ महिला र २० जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुष, खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ७४२ पुगेको छ । प्रदेश १ मा आज ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६३ पुगेको छ ।

 

प्रकाशित मिति: Sep 13, 2020

प्रतिक्रिया दिनुहोस्