Logo
१२ बैशाख २०८१, बुधबार
(September 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुपाल्चोकको नागपुजे र भीरखर्कमा गएको पहिरोमा परि एकको मृत्यु, २३ जना बेपत्ता

बाग्मति प्रदेश स्थित सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गएराति पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ७ मा गएराति पहिरो खस्दा एक जनाको मृत्यु साथै २३ जना बेपत्ता भएका नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले जानकारी दिए ।

उनकाअनुसार दुई जनाको उद्धार गरिएको छ । पहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको उनले जानकारी दिए ।

उनकाअनुसार भीरखर्कमा ६ जना र नागपुजेमा १७ जना बेपत्ता भएका छन् । अहिले प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ गएका छन् ।

उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे गएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति: Sep 13, 2020

प्रतिक्रिया दिनुहोस्