Logo
१३ बैशाख २०८१, बिहीबार
(September 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् ! ‘टाइगर ३’ फिल्ममा सलमानको पारिश्रमिक कति ?

बलिउडका सुपरस्टार सलमान खान धरै र्दशका मनमा राज गरिरहेका छन् । सलमान खानका दर्शकहरुले उत्साहका साथ उनको नयाँ फिल्मको पर्खाइमा छन् ।

बक्स अफिसमा सलमान खानका फिल्महरु भव्य रुपमा प्रदर्शन भइरहेका छन् । हाल भने सलमान खान सुपरहिट सिरीज ‘टाइगर ३’ फिल्मको चर्चामा छन् ।

‘टाइगर ३’मा सलमान खान र कैटरीना कैफको जोडी देखिने छन् । हालसम्म यशराज फिल्मले यो घोषणा भने गरेको छैन् ।

तर टाइगरको सीरिजको फिल्म ‘टाइगर ३’ बम्पर बजेटमा बन्नेछ, यो फिल्म बलिउड इतिहासकै सबैभन्दा धेरै बजेटको फिल्म हुनेछ ।

एक रिर्पोटका अनुसार ‘टाइगर ३’ को प्रोडक्सन लागत २००-२२५ करोड रुपैयाँसम्म हुनेछ जुन बजेट हिन्दी फिल्मको सबैभन्दा ठुलो प्रोडक्सन लागत हो ।

टाइगर सीरिजको पहिलो दुई फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । यस फिल्ममा छपाई र पब्लिसिटीमा करीब २० देखि २५ करोड खर्च हुनेछ ।

एक जानकारीका अनुसार ‘टाइगर ३’ मा फि को रुपमा सलमान खानले १०० करोड रुपैयाँ लिने र यसको साथै फिल्मको मुनाफा पनि लिनेछन् । ‘टाइगर ३’ ६ देखि ७ देशमा एक अन्र्तराष्ट्रिय स्टन्ट टिमको साथमा विश्वभर शुट हुनेछ । (एजेन्सी)

 

प्रकाशित मिति: Sep 11, 2020

प्रतिक्रिया दिनुहोस्