Logo
४ बैशाख २०८१, मंगलबार
(September 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोरा मण्डपबाट भागेपछि हुनेवाली बुहारीसँग ससुराले गरे विवाह

विवाह दुई आत्मको मिलन भन्छन् । भनिन्छ विवाहको लागि जोडि भगवानले नै जुटाएको हुन्छ तर कहिले काही हाम्रो समाजमा विवाहले समस्या निम्त्याएको हुन्छ ।

हाम्रो परिवार तथा समाजमा अझै पनि बाबु आमाको दबाबमा आएर मानिसहरुले विवाह गर्ने प्रचलन रहेको छ । यदि केहिकारणले त्यसको विवाह हुन सकेन भने बारम्बार गाली गलौज गरेर निर्दोष युवतीलाई नै मानसिक पिडा दिने गर्छन् ।

यस्तो करकापको विवाहले कोहि मानिसको पनि जिवनमा शान्ती छाउँदैन । यो भन्दा राम्रो त कसैको वास्ता नगरी आफ्नो इच्छा अनुसारको मानिससँग विवाह गरेर आफ्नो जीवन आफ्नो किसीमले बिताउन सकिन्छ । आज हामी तपाईलाइ विवासँग जोडिएको एक घटनाकोे बारेमा चर्चा गर्ने छौ ।

वास्तवमा यो घटना भारतको बिहारको हो । रोशन लालको छोराको विवाह सपना नामकी कन्यासँग हुनेवाला थियो । जन्ती कन्याको घरको ढोकामा पुगेको थियो तर रोशनको छोरा मण्डपबाट एकाएक भागे ।

६५ वर्षका रोशन लालले (केटाको बाबु )२१ वर्षकी कन्यासँग विवाह गर्न बाध्य बनेका थिए । छोरा मण्डपबाट भागेपछि उनी नै मण्डपमा बस्न परेको थियो ।

कन्या पक्षले जन्ती खाली हात फर्कदा केटी पक्षको बदनामी हुने बताएपछि दुई परिवारको इज्जत बचाउन रोशन आफै मण्डपमा बसेर विवाह सम्पन्न गरेका हुन् ।

उनको छोराको अन्य युवतीसँग माया बसेको थियो त्यसकारण मण्डपबाट भागेका थिए । एजेन्सी

प्रकाशित मिति: Sep 9, 2020

प्रतिक्रिया दिनुहोस्