Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजबाट बिहीबारसम्म बैंकका सबै शाखा तथा काउन्टरहरु खुल्ने

बैंक तथा वित्तीय संस्थाका राजश्व संकलनका लागि आजबाट ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन्

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।

सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ ।अहिले बैंकले एकदमै कम शाखा कार्यालयहरुमात्रै खोलेर सेवा दिइरहेका छन् ।

अब शाखा कार्यालय तथा काउन्टरहरु खोलेपछि सुरक्षा सतर्कतामा भने विशेष ध्यान दिनु पर्ने कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।

‘सीमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुन्छ, सहज तरिकाले राजश्व तिर्ने वातावरण बनाउनका लागि यो निर्देशन जारी गरिएको हो,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक ढकालले भने ।

प्रकाशित मिति: Sep 8, 2020

प्रतिक्रिया दिनुहोस्