Logo
१३ बैशाख २०८१, बिहीबार
(September 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेलमार्ग बनाउने विवादित ३२ अर्बको ५४ वटा ठेक्का स्थगित

रेल विभागले पूर्व-पश्चिम रेलमार्गको इनरुवा-काँकडभिट्टा सडकखण्डको रेलमार्ग निर्माणकोलागि आह्वान गरेको ३२ अर्बको ५४ वटा ठेक्काका सम्पूर्ण प्रक्रिया रद्द भएको छ ।

रेल विभागले आइतबार इनरुवा-काँकडभिट्टा सडकखण्डको रेलमार्गमा (ट्रयाक बेड निर्माण) का लागि आह्वान गरेको ३२ अर्बको ठेक्काका सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो।

ठेक्का रद्द गरिएको बारे रेल विभागले मंगलरबा सार्वजनिक सूचनासमेत जारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले पनि ठेक्का रद्द गरिएको जानकारी दिएको छ

सार्वजनिक खरिद ऐन, महालेखा परिक्षकको कार्यालय र अख्यितार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन विपरीत जग्गा प्राप्ति नै नभइ राजनीतिक पहुँच र प्रभावका आधारमा आह्वान गरिएको ठेक्का रोक्न चौतर्फी दबाब परेपछि सरकार निर्णय लिन बाध्य भएको हो।

जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै अब स्थगित भएका छन् ।

जग्गा अधिग्रहण पनि नगरी हतार-हतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको छ । रेलमार्गबाट प्रभावित हुने जनता पनि आन्दोलित छन् । तर, सरकार र प्रतिपक्ष दल भने यसमा मौन छन् ।

जुन टेन्डर अहिले मूल्यांकन प्रक्रियामा रहेको भनिएको थियो ।रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो ।

प्रकाशित मिति: Sep 8, 2020

प्रतिक्रिया दिनुहोस्