Logo
१३ बैशाख २०८१, बिहीबार
(September 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोटको राजनीति, धर्मका नाममा आड्म्बरी : महामारीका बेला मन्दिर-मस्जिदमा ३ अर्ब लगानी

धर्मका नाममा झन आड्म्बरी बढेको पाईएको छ । महामारीका बेला मन्दिर-मस्जिदमा लगभग ३ अर्ब लगानी गरेको खुलासा भएको छ ।

लगानीको ग्राफ हेर्दा सबैभन्दा बढी लगानी प्रदेश २ मा भएको देखिन्छ । भने त्यसपछि प्रदेश ५ मा यी दुवै प्रदेशमा मधेशीको बसोबास घना छ ।

केन्द्र र सातवटै प्रदेश सरकारले मठमन्दिर निर्माण, पुनर्निर्माण र स्तरोन्नतिमा चालु आर्थिक वर्षका लागि मात्रै १ हजार ३ सय ३९ ठाउँका मठमन्दिरमा लगानी गर्ने घोषणा गरेका छन् ।

यसका लागि २ अर्ब ६४ करोड ५२ लाख ४१ हजार रुपैयाँ छुट्याइएको छ । यसमा विश्व सम्पदा सूचीमा परेका ऐतिहासिक धरोहर, सांस्कृतिक महत्त्व बोकेका पुराना सांस्कृतिक तथा धार्मिक स्थलका लागि विनियोजित रकम जोडिएको छैन ।

संविधानअनुसार मुलुक समाजवादउन्मुख छ । समाजवादउन्मुख राज्यको प्राथमिकता शिक्षा, स्वास्थ्य र रोजगारीमा हुनुपर्ने हो । मजदुर र किसान वर्गको हितका लागि योजना र कार्यक्रम ल्याइनुपर्ने हो ।

समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य बोकेको नेकपा करिब दुई तिहाइको बहुमतसहित सरकारमा छ । सत्ताको तालाचाबी हातमा लिएको नेकपा स्वयंले चुनाव लड्दा ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारा लगाएको थियो, सरकारको अहिलेको नारा पनि यही नै हो ।

विश्लेषक सरिता तिवारी यसलाई शतप्रतिशत भोटको राजनीति भनी टिप्पणी गर्छिन् । ‘मन्दिरमा पैसा हाल्दा कसैको विरोध पनि नहुने भयो, त्यसैले अरू विकास निर्माणभन्दा मन्दिरमा पैसा खन्याउने प्रवृत्ति बढेको छ,’ उनले भनिन् ।

तिवारीको बुझाइमा समाजवादउन्मुख सरकारको प्राथमिकता शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत आवश्यकता पूरा गर्नेमा हुनुपर्ने हो तर सरकार योजना र प्राथमिकता निर्धारणमै बाटो बिराइरहेको छ भन्दै आजको कान्तिपुरमा समाचार छ ।

 

 

प्रकाशित मिति: Sep 7, 2020

प्रतिक्रिया दिनुहोस्