Logo
४ बैशाख २०८१, मंगलबार
(September 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट यूएईमा गएको एक सातामा थप पाँच नेपालीको मृत्यु

गैरआवासीय नेपाली संघको अनुुसार गएको सातामा कोरोनाबाट यूएईमा थप पाँच नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघको एनआरएनएको स्वास्थ्य समितिका अनुसार विश्वव्यापी महामारी कोरोना भाइरसका गएको साता यूएईमा कार्यरत पाँच नेपालीको मृत्यु भएको हो ।

योसँगै हिजो शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको सङ्ख्या २ सय पुगेको छ ।

बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको कोरोनाको कारण ज्यान हो ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको छ ।

स्वास्थ्य समितिका अनुसार गएको साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

संघका अनुसार अहिलेसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

अहिलेसम्म संसारका विभिन्न देशमा कार्यरत ३४ हजार ९ सय ३९ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य समितिले जनाएको छ ।

जसमध्ये ३२ हजार ९ सय ८९ जना कोरोना निको भएका छन् । यो कुल सङ्क्रमित सङ्ख्याको ९४ प्रतिशत हो ।

प्रकाशित मिति: Sep 6, 2020

प्रतिक्रिया दिनुहोस्