Logo
१२ बैशाख २०८१, बुधबार
(September 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रिमियर लिगले गर्‍यो चीनसँग ४९ करोड पाउण्डको सम्झौता रद्द

बेलायत र चीनबीचको बढ्दो तनाबका बीच प्रिमियर लिगले चिनियाँ बोर्डकास्टर पीपीएल लाइभसँगको ४९ करोड पाउण्डको सम्झौता रद्द गरेको छ।

३ सिजनका लागि गरिएको सम्झौता १ सिजनपछि २ सिजन बाँकी रहँदै रद्द गरेएको बीबीसीले जनाएको छ।

गत मार्चमा चीनले सम्झौता अनुरुपको १६ करोड पाउण्ड कोरोना भाइरसको माहामारीको वाहाना गर्दै नतिरेपछि लिगले सम्झौता रद्द गरिएको हो।

पीपीटीभीले सन् २०१९ देखि सन् २०२२ सम्म प्रशारण गर्नका लागि ५ सय ६४ मिलियनमा सम्झौता गरेको थियो। एक वर्ष प्रशारण गरेपछि बाँकी ४ सय ९० मिलियन पाउण्डको सम्झौता लिगले रद्द गरेको छ।

प्रिमियर लिगले एक वक्तव्य जारी गर्दै उसले चीनमा प्रिमियर लिगको प्रशारणलाई समाप्त गरेको र यसबारे आइन्दा लिगले कुनै टिप्पणी नगर्ने समेत उल्लेख गरेको छ।

कोरोना भाइरसको माहामारका कारण गत मार्च १३ मा बिना निश्कर्ष रोकिएको लिगलाई चीनले समयमै पैंसा दिनबाट रोकिरहेको थियो। य

द्यपि पछिल्लो समय चिनियाँ राजनीतिक गतिविधिहरुका कारण पनि प्रिमियर लिगले सम्झौता रद्द गरेको आशंका गरिएको छ।

प्रकाशित मिति: Sep 4, 2020

प्रतिक्रिया दिनुहोस्