Logo
१५ आश्विन २०७७, बिहीबार
(September 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना परीक्षण निजी ल्याबमा गर्नेले कोरोना बिमा दाबी भुक्तानी रकम नपाउने

बिमा समितिले निजी ल्याबबाट कोरोना परीक्षण गर्नेले पीसीआर रिपोर्ट पोजेटिभ आएपनि परीक्षण गर्नेलाई कोरोना बिमा दाबी भुक्तानी नदिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

बिमा समितिले कारोना बिमा कार्यविधिलाई देखाउँदै निजी ल्याबबाट परीक्षण गर्नेलाई दाबी भुक्तानी नदिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार निजी ल्याबबाट हुने गरेको परीक्षणमा ‘फ्रड’को आशंका लागेकाले दाबी भुक्तानी नदिन निर्देशन गरिएको हो ।

उनले भने, “सरकारी ल्याबबाट गरिएको परीक्षणमा नेगेटिभ आउने र सोही व्यक्तिले निजी ल्याबमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको देखियो । सरकारी योजनामा फ्रड हुन नहुने भन्दै उक्त निर्देशन दिएका हौं ।”

राजधानीकै जनप्रतिनिधिको कोरोना परीक्षण निजी ल्याबमा गर्दा पोजिटिभ आएको थियो । पछि सरकारी ल्याबमा परिक्षण गर्दा उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोना बिमा कार्यविधि मै सरकारीबाट मान्यता प्राप्त सरकारी ल्याबबाट गरिएको परीक्षणका आधारमा मात्र दाबी भुक्तानी गरिने उल्लेख भएको पौड्यालले जानकारी दिए ।

निजी ल्याबबाट परीक्षण गरे पनि सरकारी निकायले रोग पुष्टि गरेको खण्डमा बिमा कम्पनीबाट दाबी भुक्तानी पाउने गरी निर्देशनको तयारी गरिएको उनले जानकारी दिए ।

यसको अर्थ बिमा दाबी भुक्तानी लिन सरकारी निकायले पीसीआर पोजेटिभ भएको पुष्टि गरेको हुनुपर्छ ।

प्रकाशित मिति: Sep 4, 2020

प्रतिक्रिया दिनुहोस्