Logo
१३ बैशाख २०८१, बिहीबार
(August 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशमा अलपत्र नेपालीलाई दैनिक ८ सयको संख्यामा ल्याउने सरकारको निर्णय

विदेशमा अलपत्र नेपालीलाई सरकारले दैनिक बढीमा ८ सयको संख्यामा ल्याउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता युवराज खतिवडाले सोमबार आयोजित पत्रकार सम्मेलनमा त्यसबारे जानकारी दिएका हुन्।

यसअघि दैनिक बढीमा पाँच सय जनासम्म ल्याइने सरकारको निर्णय थियो। नियमित तथा उद्धार उडानमार्फत उनिहरुलाई ल्याइने सरकारले जनाएको छ।

प्रवक्ता खतिवडाले विगतमा नेपालमा बढ्दो कोरोना संक्रमण तथा आइसोलेसन र क्वारेन्टिनको समस्याका कारण तय भएका उद्धार उडान पनि रोक्नु परेको बताए।

सरकारले कोरोना संक्रमण परिक्षण सहज भएका मुलुकमा मंगलबारदेखि नियमित उडान सुरु गर्दै छ।

तर नियमित उडान नहुने तर नेपाली श्रमिक भएका देशमा उनिहरु स्वदेश फर्कन या कम्पनीले पठाउनुपर्ने या त आफ्नै खर्चमा आउनुपर्ने सरकारले निर्णय गरेको खतिवडाले जानकारी दिए।

त्यस्ता देशबाट चार्टर्ड उडानमार्फत यात्रुहरु ल्याइने छ। यसअघि नेपाली श्रमिक भएका मुलुकमा अलपत्रलाई सरकारले आफ्नै खर्चमा पनि ल्याउने गरेको थियो।

यसले खर्च नभएका र अलपत्र नेपालीलाई स्वदेश फर्कन गाह्रो हुने देखिएको छ

प्रकाशित मिति: Aug 31, 2020

प्रतिक्रिया दिनुहोस्