Logo
७ बैशाख २०८१, शुक्रबार
(August 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका लता मंगेशकर बस्‍ने भवन कोरोना संक्रमणबाट जोगिन सिल

भारतीय  गायिका लता मंगेशकर बस्‍ने निवास कोरोनाको संक्रमण हुन नदिन सिल गरेको छ ।

कोरोना सावधानी अपनाउँदै बृहन्मुम्बई नगरपालिका निगम (बीएमसी) ले मंगेशकरको घर सिल गरेको हो ।

गायिका र उनको परिवार सुरक्षित रहेको र महामारीविरुद्ध पूर्व-सावधानी स्वरुप मात्रै भवन सिल गरिएको मंगेशकर परिवारले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

विज्ञप्तिमा लेखिएको छ, “हामीले प्रभाकुञ्ज (भवन) सिल गरिएको जिज्ञासाले भरिएका फोनकलहरु पाइरहेका छौं । घरमा हामी ज्‍येष्‍ठ नागरिकहरु मात्रै भएकाले बिल्डिङ सोसाइटी र बीएमसीले महामारी संक्रमण हुनुअगावै आवश्यक सुरक्षाको सावधानी स्वरुप भवन सिल गरेको हो । सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले हामीले यसपालिको गणेशा पनि परिवारका सदस्यहरुको बीचमा मात्रै साधारण रुपमा गर्‍यौं ।”

साथै विज्ञप्तिमा मंगेशकर परिवारको स्वास्थ्य अवस्थाबारे अनावश्यक र झुटो खबर नफैलाउन पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति: Aug 31, 2020

प्रतिक्रिया दिनुहोस्