Logo
१५ चैत्र २०८०, बिहीबार
(August 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्रान्सेली महिलाले नग्न भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि…!

छिमेकी देश भारतको उत्तराखण्डको ऋषिकेषस्थित लक्ष्मण झुलामा फ्रान्सेली महिलाले नग्न तस्बिर खिचेर पोष्ट गरेकी छिन् । उनले उक्त भिडियो सामाजिक सञ्जालमा पनि पोष्ट गरिन् ।

उक्त तस्विर तथा भिडियो पोष्ट गर्नेमहिला २७ वर्षीया मारी हेलेन हुन् । उनले पवित्र तीर्थस्थल क्षेत्रमा नग्न भिडियो खिचेर सामाजिक सञ्जालमा राखेपछि बिहिबार पक्राऊ गरिएको हो ।

उनीमाथि भारतको इन्टरनेट कानुन अनुसार कारबाही बढाइएको छ । महिला दोषी ठहरिएमा तीन वर्ष सम्म कैद सजाय भोग्नेछिन् ।

धरौटीमा रिहा भएकी महिलाले आफूले गहनाको व्यापारको प्रोमोशनका लागि उक्त भिडियो खिचेको दाबी गरेकी छिन् । तर, त्यहाँको प्रहरीले पवित्र गँगा नदीमाथिको लक्ष्मण झुलामा त्यस्तो गतिविधि गरेकाले प्रश्न उठेको बताएका छन् । उक्त स्थानमा राम, लक्ष्मण र सीताले गंगा नदी तरेको धार्मिक विश्वास छ ।

प्रकाशित मिति: Aug 31, 2020

प्रतिक्रिया दिनुहोस्