कसैमाथि जाइ नलाग्ने तर आइ लाग्नेलाई नछोड्ने भन्दै बाबुरामले दिए चेतावनी
जसपाका नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले ट्वीटमार्फत आफूले कसैमाथि जाइनलाग्ने तर आइलाग्नेलाई नछोड्ने चेतावनी दिएका छन्।
आइतबार बिहान ट्वीट गरेर उनले सामाजिक सञ्जालका सम्बन्धमा आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै आफू कसैमाथि जाइनलाग्ने तर कोही आफूमाथि आइलागेमा नछोड्ने उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालका बारेमा मेरो पाँच प्रतिवद्धता सार्वजनिक गर्दै अरुबाट सिक्ने र आफूले जानेका कुरा बाँड्ने, सत्य र न्यायको पक्षमा उभिने, शोषित-उत्पीडित-विभेदमा परेकाहरुको पक्षमा पैरवी गर्ने, जाइनलाग्ने तर आइलाग्नेलाई नछोड्ने र बुझेर बुझ पचाउने ठग र नबुझ्ने-बुझ्न नचाहने मुर्खदेखि टाढै बस्ने बताएका छन् ।