Logo
८ बैशाख २०८१, शनिबार
(August 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् परम्पराको नाममा बलात्कारीलाई सजाय नदिइ उल्टै पुरस्कृत गर्ने समाज !

यो संसार नै कति विचित्रको छ जुन हामीले सोच्दा पनि अचम्म लाग्दछ । प्रकृतिको पनि आफ्नै इको प्रणाली रहेको छ ठिक त्यस्तै मानवजातिले पनि ठाउँ र जात अनुसारको आफ्नो धर्मसंस्कृति परपम्परा बनाएको हुन्छ ।

यो परम्परा सदिउ बर्षदेखि चल्दै आइरहेको छ । हाम्रो समाजमा कति यस्ता परम्परा छ शक्तिको आडमा अपरधार गर्ने अनि त्यसलाई परम्पराको संज्ञा दिने गरिन्छ ।

जस्तै चिनमा भूतसँग विवाह, भारतमा कुकुरसँग विवाह, बहुविवाह गर्नेलाई पुरस्कार, कहि नग्न हिड्ने परम्परा जस्ता थपै हाम्रो समाजमा भएका कुरितिलाई हामीले परम्पराको संज्ञादिएर त्यसैको अनुसरण गर्दै आइरहेका हुन्छौ ।

त्यो कुरितिलाई हामीले चाहेरपनि तोड्न सक्ने अवस्था छैन समाजमा आज हामी त्यस्तै अनौठो परम्पराको विषयमा हामी तपाई सामुचर्चा गर्न गइरहेका छौ ।

केटा धेरै देशहरुमा महिलालाई बलात्कार गर्ने पुरुषलाई सजाय तोकिएको हुन्छ । तर आज हामी एउटा यस्तो देशको समाजका बारेमा कुरा गर्छौ जहाँ छोरी बलात्कार गर्नेलाई सजाय दिनुको सट्टा उल्टो पुरस्कृत गरिन्छ ।

कुनै युवतीलाई कसैले मन पराएमा उसैसँग विवाह गर्नुपर्छ भन्ने छैन् । केटिको सहमति बिना विवाह गराउनु एक अपराध हो ।

यो किर्गिस्तानको परम्परा हो त्यहाँ केटाले आफुलाई मन परेको केटीको अपहरण गर्छन्, केटी माथि बलात्कार गरेर केटीको घरमा ल्याएर छाडिदिन्छन् । उक्त समाजमा बलात्कार गर्नेलाई नै महिलाको विवाह गरिदिन्छन् ।

केटीको परिवारले लोकलाजको डरले त्यहि बलात्कारी पुरुषसँग विवाह गरिदिन्छन् । त्यहाँका युवतीहरुलाई त्यो पुरानो परम्परा श्राप साबित भएको छ ।

आफुलाई मन परेको केटीको घरैबाट अपहरण गर्छन् । घरका मानिसहरु विवाहको सुरसार गर्छन् । केटीले विवाह अस्वीकार गरेमा बलात्कार गर्ने चलन छ र भोली बिहान विवाहको तयारी गर्न सुरु हुन्छ ।

जसले अपहरण र बलात्कार गर्यो उही केटासँग विवाह गर्न युवतीहरु बाध्य हुन्छन् । त्यहाँका युवतीहरुलाई त्यो पुरानो परम्परा श्राप साबित भएको छ ।

यस्तो कुकृतीलाई पुरस्कृत गर्ने परम्परालाई रोक्न किर्गिस्तानको सरकारले प्रयास गरिरहेको छ ।युनेस्कोको एक रिर्पोट अनुसार हरेक वर्ष १२ हजार युवतीहरुको जबरजस्त अपहरण गर्ने गरेका छन् ।

अपहरण गरेर लगेका युवतीहरुको ६८ देखि ७५ प्रतिशतको विवाह हुने गरेको छ । एजेन्सी

प्रकाशित मिति: Aug 27, 2020

प्रतिक्रिया दिनुहोस्