Logo
१२ बैशाख २०८१, बुधबार
(August 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग गर्दै प्रदर्शन

पुजारी हत्याको विरोधमा प्रदर्शन गर्दै राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ ।

गत भदाै ३ गते राति रौतहटको माधवनरायण नगरपालिकाको खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले हत्या गरेको थियो ।

तर सो हत्याका दोषी हालसम्म पत्ता नलागेकाे तथा प्रदेश सरकारले जनताको सुरक्षा दिन नसकेको भन्दै अभियानले जनकपुर, रौतहत, वीरगञ्जमा लगायतका स्थानमा विरोध प्रदर्शन गर्दै मुख्यमन्त्रीको राजीनामा मागेकाे हाे ।

अभियानका रौतहट संयोजक शंकर दासले जनताको सुरक्षा दिन नसक्ने मुख्यमन्त्री राउतले आफ्नो पदबाट राजिनामा दिनुपर्ने बताए ।

प्रकाशित मिति: Aug 22, 2020

प्रतिक्रिया दिनुहोस्