Logo
१३ बैशाख २०८१, बिहीबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुवेतमा कोरोना महामारीको समयमा ३३ नेपाली श्रमिक अलपत्र

अहिले विश्वभरि फैलिएको कोरोना महामारीको बेला कुवेतमा ३३ नेपाली श्रमिक अलपत्र परेका छन् ।

सुरुवातदेखि नै सम्झौता अनुसार सेवासुविधा नदिएको कम्पनीले तीन महिनादेखि तलब नै नदिएपछि उनीहरु अहिले महामारीको समयमा अलपत्र परेका छन् ।

म्यानपावरलाई जनही १ लाख ५० हजारभन्दा धेरै रकम तिरेर १८ महिना पहिले उनीहरु कुवेत पुगेका थिए । काठमाण्डौको एसआरके म्यानपावरबाट कुवेत पुगेका उनीहरुलाई तीन महिनादेखि कम्पनीले तलब सुविधा नदिएपछि अलपत्र परेका गैरआवासीय नेपाली संघ कुवेतले जनाएको छ ।

आफूले काम गरेको तलब दिलाइदिन माग गर्दै उनीहरु सबैले दूतावासमा निवेदन दिएका छन् । तर दूतावासले सहयोग नगरेको पीडितको गुनासो छ ।

आफ्नो समस्या नसुन्ने र दूतावासले समस्या लिएर जाँदा भित्र छिर्नै नदिएको पीडितले गुनासो गरेका छ । उनीहरु बस्दै आएको कोठामा पानीको सुविधा समेत नभएको र साह्रै नै समस्यामा रहेको पनि एनआरएनए कुवेतले जनाएको छ ।

मंगलबार एनआरएनए कुवेतले उनीहरुलाई केही राहत सामग्री बितरण गरेको छ भने दूतावाससँग छलफल गरी समस्याको समाधान खोज्न पहल गर्ने एनआरएनए कुवेतका अध्यक्ष सुजन केसीले बताए ।

उनीहरुलाई लामो समयदेखि विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।

 

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्